• २४ मंसिर २०८१, सोमबार

काठमाडौंमा लकडाउन गर्न स्वस्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढे्न थालेपछि काठमाडौंमा लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारलाई सुझाव दिएको छ ।

स्वास्थ्य मन्त्रालयको सुझावकै आधारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाको अवस्था र नियन्त्रणका लागि गरिएका प्रयास बारे जानकारी गराएको छ ।

अहिलेको अवस्थामा कोरोनाबाट ट उपत्यकामा लकडाउन गर्नु नै उपयुक्त हुने सुझाव सीसीएमसीमा दिइएको मन्त्रालय स्रोतले बताएको छ ।

यसबारेमा प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराइसकिएकाले सरकारले तत्कालै आवश्यक निर्णय लिने स्रोतले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्