• १ माघ २०८१, मंगलवार

भैंसे प्रहरीद्वारा २८ के.जी. गाजा बरामद

भिमफेदी गाउँपालिका वडा नं. १ सुन्दरीमाईकाे पछाडि २८ के. जी. गाजा भेटिएकाे छ । विशेष सुराकीकाे अाधारमा प्रहरी चाैकी भैंसेकाे टाेलीले काठमाडौंबाट विरगञ्ज जाँदै गरेकाे ॐ सुपर सगुन यातायात प्रा.लि. ना १ ज ४७३३ नम्बरकाे टाटासुमाे चेकजाँच गर्ने क्रममा सुमाे नराेकी ५०० मिटर अगडि राेडसँगै रहेकाे खाेलाकाे बगरमा गाजा भेटिएकाे हाे ।
भिमफेदी गाउँपालिका वडा न. ९ लामीडाँडाबाट उक्त गाजा टाटासुमाेकाे सिटकाे मुनी लुकाएर ल्याएकाे र चेकजाँच गर्ने क्रममा नराेकी भागेकाे हुनाले सामरीपुलमा भैंसेकाे प्रहरी टालीलेसुमाेलाई नियन्त्रणमा लिई चालक सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएकाे प्रहरी चाैकी भैंसेमा प्रहरी सहायक निरीक्षक प्रभु राउतले बताए ।
‌चालक विरगञ्ज निवासी ३५ वर्षीय रविन्द्र उपाध्याय रहेकाे र ६ वटा पाेकामा राताे प्लास्टिक माथि डाेरीले बेरेर गाजा ल्याएकाे अस्थायी ट्राफिक पाेष्ट भैंसेका ट्राफिक प्रहरी जीवलाल भुषालले बताए। गाजा जिल्ला प्रहरी कार्यालय मकवानपुरकाे प्रहरी नायव निरीक्षक गाेविन्द प्रसाद पाठककाे टाेलीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुजाएको छ।





प्रतिक्रिया दिनुहोस्