• २८ पुष २०८१, आईतवार

कोरोना संक्रमण नियन्त्रणमा सबै क्षेत्रको सहकार्य आवश्यक छ: आखिल क्रान्तिकारी प्रदेश ‘क’ इन्चार्ज विष्णु प्रसाद लामिछाने

बागमती प्रेस, १८ वैशाख । देशव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को नियन्त्रणमा सबैको सहकार्य आवश्यकता रहेको आखिल क्रान्तिकारी रसुवा जिल्ला कमिटी रसुवा प्रचारप्रसार विभाग प्रमुख विष्ण तथा प्रदेश क इन्चार्ज विष्णु प्रसाद लामिछानेले बताएका छन् । सामाजिक तथा राजनीतिक व्यक्तित्व भएका लामिछानेले आफ्नो एउटा छोटो लेखमार्फत रसुवामा कोरोना भाइरस कोभिड-१९ बाट बच्न सम्पुर्ण जिल्लावासीको सहकार्यको आवश्यकता रहेको बताएका छन् ।
लामिछाने भन्नुहुन्छ : “विश्ववभर फैलिएको महामारी कोरना भाइरस ले फेरि आज हामी दोस्रोपटक घरमा शुरक्षित बसेका छौ,शुरक्षित बस्दा बस्दै सो भाइरस को सङक्रमन बाट धेरै को ज्यान गएको तितो यथार्थ ,कति होम आसुलेसन र उपचाररत हुनुहुन्छ ,ज्यानगुमाउनु हुने प्रती हार्दिक श्रद्धाञ्जली र उपचाररत सबैमा सिग्रस्वास्थ्य लाभको कामना गर्न चाहान्छौं ‌ ।

सम्बन्धित निकायको कोरिना महामारीको नियन्त्रणमा प्रयत्न त होला प्रयत्न नागरिकको पहुँचमा नभएको कुरा हामी सबैले महसुस गरिरहेका छौँ । देशव्यापी रूपमा फैलिरहेको यस कोरोना महामारी नियन्त्रणमा रसुवा जिल्लाका सबै स्थानिय, संघसंस्था जिम्मेवार निकाय तथा सम्पुर्ण जिल्ला बासिहरुमा एकजुट हुन आखिल क्रान्तिकारी रसुवा जिल्ला कमिटी हार्दिक अपिल गर्दछ ।

रसुवामा कोरोना कोरोना भाईरस कोभिड-१९ नियन्त्रणमा आखिल क्रान्तिकारी रसुवा सम्पुर्ण जिल्लावासी सहकार्य गर्न हार्दिक आह्वान गर्दछ ।
आखिल क्रान्तिकारी जिल्ला कमिटी रसुवामा आवद्ध सम्पुर्ण विद्यार्थीहरुलाई आवश्यक समन्वय सहित भाइरस नियन्त्रणमा आवश्यक प्रयत्न र सहयोगको लागि निर्देशन र अनुरोध गरिएको छ ।”





प्रतिक्रिया दिनुहोस्