• २६ माघ २०८२, आईतवार

चितवनका एसपी अधिकारीलाई कोरोना पुष्टि

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ( एसपी) ओमप्रसाद अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत १४ गते कोरोना पुष्टि भएपनि उनी आत्मबलका साथ  क्वाटरमा वसेर जिल्लाको सुरक्षा कमाण्ड सम्हालिरहेका छन् । उनले त्यहीबाट मातहतका प्रहरीलाई आदेश र निर्देशन दिने गरेका छन्।  एसपी अधिकारीलाई सामान्य रुघाखोकी र हल्का ज्वरोको समस्या देखिएको छ जिल्ला प्रहरी कार्यालय चितवन भित्र कार्यरत झण्डै २ सयभन्दा बढी प्रहरीमध्ये एसपी अधिकारी मात्रै अहिलेसम्म संक्रमित पुष्टि भएका अधिकारी हुन् ।





प्रतिक्रिया दिनुहोस्