
बागमति प्रेस। सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका कुभिन्डेका ३७ वर्षीया एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ।
उनलाई हिजो जिल्ला अस्पतालबाट धुलिखेल भर्ना गरिएको थियो । हिजो बेलुका कोभिड पोजेटिभ देखिएका उनको आज बिहान मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ ।
चार वर्ष अघि मुटुको शल्यक्रिया गरेका उनको शनिबार बिहान पौने ८ बजे मृत्यु भएको हो । आइसीयु बेड नभएपछि उनको इमर्जेन्सी कक्षमा राखेर उपचार गरिएको थियो ।