
नुवाकोट २१, वैशाख । नेपाल पुर्व प्रहरी संगठन नुवाकोटले नुवाकोटको सदरमुकाम विदुरमा माक्स सेनिटाइजर र खानेपानी वितरण गरेको छ । नेपाल प्रहरीमा रहेर लामो समय योगदान पुर्याएका नुवाकोटका पुर्व प्रहरी संगठनले मंगलबार उक्त सामग्रीहरु वितरण गरेको हो । कोरोना भाइरस कोभिड-१९ को महामारीबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने नाराका साथ पूर्व प्रहरी संगठनले माक्स सेनिटाइजर र खानेपानी वितरण गरेको हो।
