• २ श्रावण २०८२, बिहीबार

अक्सिजन सहितको ३५ बेडको आइसोलेसन तयार,

बागमति प्रेस । मकवानपुरको भीमफेदी गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन तयार गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुवँरले अक्सिजन सहितको आइसोलेसन तयार भएको जानकारी दिए ।

गाउँपालिकाले महेन्द्र माध्यमिक विद्यालयलाई अक्सिजन सहितको ३५ बेडको आइसोलेसन संचालन गरेको अधिकृत कुवँरले बताए । उनका अनुसार गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएर स्वास्थ्यमा समस्या भएकालाई आइसोलेसनमा राखिनेछ ।

गाउँपालिकाले संक्रमितको उपचारको लागि नि:शुल्क आइसोलेसन संचालनमा ल्याएको छ उनले भने,आइसोलेसनमा एक डाक्टर र दुई नर्स सेवामा खट्नेछन् । संक्रमितहरुको लागि खाना र खाजा व्यवस्थापन गरेका छौ ।

अधिकृत कुवँरले संक्रमण पुष्टि भएका संक्रमितलाई घरबाट आइसोलेसन ल्याउनको एम्बुलेन्सको व्यवस्थापन गरेको समेत जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्