• ३० फाल्गुन २०८२, शनिबार

मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

बागमति प्रेस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना संक्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार उनमा कोरोना देखिएको हो । उनले मंगलबार गराएको एन्टिजेन परीक्षण पनि पोजेटिभ देखिएको थियो । मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बसेका छन् ।

मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ । उनी ३ दिनदेखि होम आइसोलेसनमा बसेका छन् । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।





प्रतिक्रिया दिनुहोस्