• २ श्रावण २०८३, शनिबार

प्रशासनको लापरवाहि,सर्वसाधारणको अटेरीपन

नुवाकोटमा कोरोना संक्रमितको संख्या दिदानुदिन बढ्दै जानु, लकडाउन कडाईमा प्रशासनको लापरवाहि र सर्वसाधारणको अटेरीपनका कारण भयावह अबस्था सिर्जना हुनसक्ने देखिएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ९४ जना व्यक्तिमा कोरोनाको सक्रमण देखिएको छ । त्रिशुली अस्पतालमा गरिएको परिक्षणमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पताल प्रशासनले जानकारी दिएको छ ।
अस्पतालले जिल्लाको विभिन्न स्थानमा गरेको परिक्षणमा जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएपनि प्रशासनले गरेको लकडाउन भने फितलो रहेको छ ।  जिल्ला प्रशासन कार्यालय नुवाकोटले चेकजाचमा कडाई नगर्दा नुवाकोटमा लकडाउन फितलो भएको हो । सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिन बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेपनि सडकमा बाक्लो संख्यामा गाडी गुडिरहेका छन् । 
त्रिशुली अस्पतालमा ८० जनाको पिसिआर परिक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण देखिएको छ भने तादी गाउँपालिकामा २२ जनाको पिसिआर परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । यस्तै दुप्चेश्वर गाउँपालिकामा ११ जनाको पिसिआर परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण भएको छ ।
त्रिशूली अस्पतालमा जाच गराउन गएका बिरामी मध्ये शंकास्पद १२ जना बिरामीको गरिएको एण्टिजेन परीक्षणमा थप ३ जनामा कोरोनाको सक्रमण पुष्टिभएसगैँ नुवाकोटमा एकैदिन कोरोनाको सक्रमितको सङ्ख्या ९४ पुगेको हो ।
यस्तै अस्पतालले रसुवाका ८ जनाको पिसिआर परिक्षण गर्दा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै धादिङका ३३ जनाको पिसिआर परिक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
नुवाकोटमा भेटिएका संक्रमित अहिलेसम्मकै सबैभन्दा बढी हुन् । अझै केहि स्वाब परिक्षणको क्रममा रहेको छ । 
जिल्ला प्रशासन कार्यालय नुवाकोटले सूचना जारीगरी गत चैत्र २१ गतेबाट लागु गरेको लकडाउन पुर्ण रुपमा पालना नहुदाँ सडकमा निर्वाध रुपमा सवारी साधन चलेको देखिएको छ । सडकमा चेकिङ फितलो भएको मौका छोपेर सवारी साधन लिएर सडकमा निस्कनेहरुलाई कारबाही नगर्दा लकडाउन झनै फितलो भएको छ । पहिलो चरणको लकडाउनको समयमा जिल्लामा कडा चेकिङ र सडकमा अनाबश्व्यक रुपमा निस्कने मानिसहरुलाई सडकमा नै होल्ड गर्दा लकडाउन केही कडाइ भएको थियो । 
तर जिल्ला प्रशासन कार्यालय आफैले घोषणा गरेको लकडाउन कडा रुपमा चेकजाच नहुदाँ जिल्लामा कोरना भाइरस बढ्ने जोखिम देखिएको छ । घरबाहिर निस्कने र सवारी साधन चलाउने कतिपय अत्यावश्यक सेवामा खटिएकाहरु भएपनि कतिपय भने घरमा बस्न दिक्क लागेर निस्केको पनि बताउने गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्