• २४ पुष २०८१, बुधबार

तादी गाउँपालिका द्वारा खरानीटार अस्पतालमा २० वेडको अक्सिजन सहितको आइसोलेशन

बागमती प्रेस , २३ बैशाख । नुवाकोटको तादी गाउँपालिकामा रहेको खरानीटार अस्पतालमा २० बेडको आइसोलेशन कक्ष तयार गरिएको छ । कोरोना महामारिका कारणले आउन सक्ने समस्यालाई मध्यनजर गर्दै खरानिटारमा अक्सिजन सहितको आइसोलेशन कक्ष निर्माण गरिएको हो । तादी गाउँपालिका अध्यक्ष नारायण पाण्डेका अनुसार गाउँपालिकाको कार्यालय नजिकै रहेको अस्पतालमा आइसोलेशन कक्ष तयार भएको छ । कोरोनाको सक्रमणको दरमा देखिएको बृद्धिसगैँ तादी गाउँपालिकाले खरानीटार अस्पतालबाट स्वाव सङ्कलन गर्ने ब्यवस्था समेत मिलाएको छ । खरानीटार अस्पतालमा रोगको लक्षण देखिएका तादी गाउँपालिकाबासी सहित छिमेकी स्थानीयतहका बासिन्दाहरुको लागी समेत स्वाब संकलनको लागी सेवा दिन थालिएको छ । तथ्यांकअनुसार तादी गाउँपालिका १२ जना थप हुदाँ अहिले कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या २१ जना पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्