
रामेछापमा बजारवासीले प्रहरीको आँखा छल्दै पसल खोज्ने क्रम बढेपछि रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू र जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगाना नै सडक अनुगमनमा निस्किएका हुन् । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै जिप्रका रामेछापले लकडाउन घोषणा गरेको थियो । लकडानलाई प्रभावकारी बनाउन पास विना सञ्चालन गरिएका सवारी साधनलाई नियन्त्रणमा लिएर कारवाही गर्ने कामलाई प्रहरीले तीब्रता दिएको छ । लकडाउनलाई थप प्रभावकारी बनाउन प्रजिअ सैजू र डिएसपी ढुंगाना नै छडके अनुगमनमा निस्किने गरेका छन् ।