नेपाली कांग्रेस नुवाकोटका सभापती जगदिश्वर नरसिंह केसीले घर, उद्योगमा थन्किएर बसेका अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध गराउन आग्रह गरेका छन् ।
सबै अस्पतालमा अहिले अक्सिजन सिलिन्डरको हाहाकार भइरहेको अवस्थामा कतिपयको घरमा अक्सिजन सिलिन्डर थन्केर बसेको भन्दै उनले बन्द भएका उद्योग वा घरमा त्यतिकै प्रयोग नभएका अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध गराउन आग्रह गरेका हुन् ।
श्वासप्रश्वास सम्बन्धि रोगीका लागि पहिले उपचारको क्रममा अक्सिजन सिलिन्डर घर घरमा लगेर अहिले त्यतिकै रहेको भए त्यसो नगर्न उनले आग्रह गरेका हुन् ।
ग्रिल उद्योग, इट्टाभट्टा, क्रसर, मोटर ग्यारेज अधिकांश ठाउँमा पनि अक्सिजन सिलिन्डर उपलब्ध हुन्छ । अहिले ती उद्योगहरु बन्द रहेकाले त्यहाँ भएका अक्सिजन सिलिन्डर अस्पताल वा आइसोलेसन सेन्टरमा पछि फिर्ता हुने गरी उपलब्ध गराई महामारीका बेलामा सहयोग गर्न केसीले नुवाकोटबासीलाई अनुरोध गरे ।
यसका लागि कृष्ण रिजालको सम्पर्क नम्बर ९८४१६९७२६६, नमराज सुवेदीको सम्पर्क नम्बर ९८६०५१२८४३ र उपेन्द्र मिश्रको सम्पर्क नम्बर ९८४१७८९८१६ मा खबर गर्न समेत सभापती केसीले आग्रह गरेका छन् ।कोरोना संक्रमण दर बढेकाले सबैलाई स्वास्थ्य सतर्कता अपनाउन समेत उनले अपिल गरे ।