• २३ पुष २०८१, मंगलवार

राष्ट्रपति भण्डारीद्वारा विज्ञप्ति जारी, धारा ७६ (२) बमोजिम सरकार बनाउन आव्हान

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (२) बमोजिम नयाँ सरकार बनाउन आव्हान गरेकी छन् ।
साेमबार राति एक विज्ञप्ति जारी गर्दै उनले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्री पदमा दावी पेश गर्न सूचना जारी गरेकी छन् । उनले वैशाख ३० गते साँझ ९ बजेभित्र प्रधानमन्त्री पदमा दावी पेश गर्न सूचना जारी गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले सोमबार संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका मुख्य नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउबा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपति भण्डारीलाई आह्वान गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्