• २५ भाद्र २०८१, मंगलवार

त्रिशूली र टिचिङ अस्पतालका बिरामीलाई खाना खुवाउँदै नुवाकोट कांग्रेस

नुवाकोटको त्रिशूली अस्पताल र काठमाडौंको शिक्षण अस्पतालमा रहेका कोरोना संक्रमित र उनीहरूका परिवारका सदस्य तथा आफन्तलाई नि:शुल्क खानाको व्यवस्थापन गरिएको छ।

नुवाकोट कांग्रेस जिल्ला कार्यसमितिको समन्वयमा यशोदादेवी-भगवान सिंह केसी मेमोरियल ट्रष्ट ॐ आदी फाउन्डेसनको तर्फबाट आइतबारदेखि नि:शुल्क रूपमा खाना उपलब्ध गराइएको हो।

कोरोनाका बिरामीको उपचार, परीक्षण तथा उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीलाई पनि खानाको व्यवस्थापन गरिएको नुवाकोट कांग्रेसका सभापति जगदीश्वरनरसिंह केसीले बताए।

यस्तै कांग्रेस नुवाकोटले पार्टी कार्यालय भवन आइसोलेन वार्ड बनाउन दिने निर्णय यसअघि नै गरिसकेको छ।





प्रतिक्रिया दिनुहोस्