• २४ पुष २०८१, बुधबार

भीमफेदीबाट अबैध भरुवा बन्दुक बरामद

मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं ६ स्थित स्याउली वनको रुखको चेपमा ईलाका प्रहरी कार्यालय भिमफेदीले शनिबार दिउँसाे २ बजेेेर १५ मिनेट जाँदा वेवारिस अवस्थामा रहेको २ नाल अबैध भरुवा बन्दुक  बरामद गरिएको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सुुरेन्द्र श्रेष्ठकाे कमाण्डमा खटिएको गस्ती टोलीले उक्त बन्दुक बरामद गरिएको थियोे । गस्ती टाेलीलाई देखिएपछि व्यक्तिहरू भागेकाेले लखेेट्नेे क्रममा अबैध बन्दुक बरामद गरिएको प्रहरीले जनाएकाे छ । 

लुकाएर राखेकाे अवस्थामा फेला पारेकाे १ नाले भरुवा बन्दुक २ थान फेला परेसँगै उक्त बन्दुक कसकाे हाे भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । 





प्रतिक्रिया दिनुहोस्