• ३० फाल्गुन २०८२, शनिबार

ककनीकी उपाध्यक्षले दिइन् आफुले चढ्ने गाडी कोभिड व्यवस्थापनका लागि

नुवाकोट – ककनी गाउँपालिकाकी उपाध्यक्ष सिता खतिवडाले आफूले चढ्दै आएको सरकारी गाडी कोभिड व्यवस्थापनका लागि गाउँपालिकालाई जिम्मा लगाएकी छन् । 

कोरोना महामारीका समयमा विद्यमान लकडाउनको समयलाई मध्यनजर गर्दै नागरिकको स्वास्थ्य उपचार तथा आवातजावतका लागि आफूले चढ्दै आएको प्रदेश नम्बर ३-०२००६-५१२३ नम्बरको पिकअप दिने निर्णय गरेको जानकारी दिईन् ।

महामारीको यस घडीमा समस्या पर्दा जोकोहीले आफूलाई सम्पर्क गर्न सकिने उपाध्यक्ष खतिवडा बताउँछिन् ।





प्रतिक्रिया दिनुहोस्