• २५ असार २०८३, बिहीबार

त्रिशुली अस्पतालमा कोरोना संक्रमितको अबस्था अझै भयाबह 

त्रिशुली अस्पताल नुवाकोटमा मंगलबार ३ जना कोरोना संक्रमितहरुको मृत्यु भएसंगै अहिले सम्म १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार मृत्यु हुनेमा २ जना नुवाकोटको र १ जना धादिङको रहेका छन् । नुवाकोटको किस्पाङ गाँउपालिका र सुर्यगढी गाँउपालिकाको २ जना महिलाकोे ज्यान गएको त्रिशुली अस्पतालले जनाएको छ । अस्पतालमा उपचार गराइरहेका संक्रमितहरु मध्ये २० जनाभन्दा बढिको अवस्था चिन्तजनक रहेको मेडिकल सुपरिटेन्डन डाक्टर दिपेन्द्र पाण्डेले बताउनुभएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा नुवाकोटमा ४५ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् । 
योसँगै कोरोनालाई जितेर घर फकिर्नेको संख्या नुवाकोटमा १३ सय ९३ पुगेको छ । कोरोना संक्रमण सुरु भएदेखि हाल सम्म १३ सय ९३ जनाले संक्रमणलाई जितेर घर फर्किको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पछिल्लो २४ घण्टामा नुवाकोटमा ३ सय २१ वटा स्वाब परिक्षण भएको थियो । जसको तथ्याङक अनुसार नुवाकोटमा १ सय ५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नुवाकोटमा सक्रिय संक्रमितको संख्या ८ सय २१ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालका अनुसार हाल सम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या २ हजार २ सय २४ पुगेको हो । समुदाय स्तरमा संक्रमितहरुको संख्या तिब्रगतिले बढिरहेको स्वास्थ्य कार्यालयको निस्कर्ष रहेको छ । संक्रमितको संख्या अझै एक सातासम्म यस्तै गतिले बढिरहने अनुमान गरिएको छ । त्यसपछी मात्रै संक्रमितहरुको संख्यामा केहि कमि आउनसक्ने कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रले अनुमान गरेको छ । 
यस्तै त्रिशुली अस्पताल नुवाकोटमा अहिले सम्म १२ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । त्रिशुली अस्पताल नुवाकोटमा आईसियु र भेन्टिलेटरको अभाबले संक्रमितहरुको मृत्यु हुन थालेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । अहिले त्रिशुली अस्पतालको आईसोलेसनमा ५६ जना संक्रमितको उपचार भैरहेको छ । अस्पतालले आईसियु, भेन्टिलेटर सहित ७६ बेडको आर्यसोलेसन कक्ष तयार बनाएको छ । जसमा अहिले ५६ जनाको उपचार भैरहेको त्रिशुली अस्पताल नुवाकोटले जनाएको छ । 
नुवाकोट, रसुवा र धादिङ तिन वटै जिल्लाका नागरिकहरु अहिले उपचारको लागी त्रिशुली अस्पताल आउने गरेका छन् । त्रिशुली अस्पताल नुवाकोटमा रसुवाका १ जना, र धादिङका ४ जना संक्रमितको मृत्यु भएको त्रिशुली अस्पताल बिकास समितिका अध्यष अर्जुनप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ । 
सबै संक्रमितहरु त्रिशुली अस्पतालमै आउन थालेपछी संक्रमितहरुको उपचारमा समस्या आउन थालेको अस्पताल बिकास समितिका अध्यक्ष न्यौपानेले बताउनुभएको छ ।
 





प्रतिक्रिया दिनुहोस्