
बागमति प्रेस । लमजुङको मस्र्याङदी गाउँपालिका भुलभुले क्षेत्र केन्द्रविन्दु बनाएर आज विहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ हेक्टरको भूकम्प गएको छ ।
भूकम्पको ठूलो झट्काका कारण मानिसहरु त्रसित भएर घर बाहिर निस्केका छन् । लमजुङ केन्द्रविन्दु भएर ठूलो धक्का महसुस भएपछि नागरिक निकै आत्तिएका छन।
भूकम्प गएपछि बेंसीसहरका चोकचोकमा मानिसको भिडभाड बढेको छ । पटकपटक झट्का आइरहँदा मानिसहरु निकै आत्तिएका छन् ।