नुवाकोट, ६ जेठ । नुवाकोटको किस्पाङ गाउँपालिकाले त्रिशुली अस्पताललाई दस लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । त्रिशुली अस्पतालमा आइसियु वेडको अभावमा मृतकको संख्या बढ्दै गएपछि आइसियुकै अभावमा कोभिड १९ संक्रमितले ज्यान गुमाउनु नपरोस् भनेर गाउँपालिकाको निर्णयले आर्थिक सहयोग गर्न लागिएको किस्पाङ गाउँपालिका अध्यक्ष छत्र बहादुर लामाले जानकारी दिए । लामाले यस भन्दा अगाडि पनि आफ्नै नेतृत्वमा किस्पाङ गाउँपालिकामा ४० वटा अक्सिजन सिलिन्डर र १० बेडको आइसोलेसन केन्द्रको व्यवस्थापन गरेको थिए ।