• २२ भाद्र २०८१, शनिबार

मुख्यमन्त्री पौडेले बोलाए एमाले संसदीय बोर्डको बैठक

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठक बोलाएका छन् ।

बैठक आज मुख्यमन्त्री निवासमा बिहान ११ बजे बस्ने तयारी गरिएको नेकपा एमाले बागमती प्रदेश सभा संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

मुख्य सचेतक निरौलाका अनुसार बैठकमा पार्टी विरोधी लागेकाहरु स्पष्टीकरण सोध्ने र कारबाहीको प्रक्रिया अगाडी बढाउने तयारी रहेको बताए ।

यसैगरि बैठकमा कोभिड-१९ कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनमा प्रदेश सरकारले गरेको कार्य सम्बन्धी विषयमा समेत छलफल हुने बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्