• २९ माघ २०८१, मंगलवार

प्रतिनिधिसभा विघटनविरूद्ध प्रदर्शन गर्न सम्पुर्ण जिल्ला अध्यक्षहरूलाई तरूण दलले गर्यो परिपत्र

बागमती प्रेस , ११ जेठ । सरकार प्रमुख केपी ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल तरूण दलले देशैभर प्रदर्शन गर्न निर्देशन दिएको छ। कोरोनाभाइरस महामारी रहेका बेला भएकोले स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर प्रदर्शन गर्न ७७ वटै जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेको अध्यक्ष जितजंग बस्नेतले जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले षड्यन्त्रपूर्वक प्रतिनिधि सभा विघटन गरेकोले महामारीका बीच पनि प्रदर्शन गर्न आफूहरू बाध्य भएको बस्नेतले बताए । तरूण दलले वाइसीएल, युवा संघ, समाजवादी युवा संघ, विवेकशील साझा युवा संगठनलगायतसँग सहकार्य गर्दै देशैभर प्रदर्शन गर्न आफ्ना जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेको छ ।





प्रतिक्रिया दिनुहोस्