• ४ चैत्र २०८१, मंगलवार

ब्लड अन रिकोएस्ट इन नुवाकोटद्वारा रक्तदान कार्यक्रम सम्पन्न

नुवाकोट, १२ जेठ । नुवाकोटमा कोभिड १९ का कारण रगतको अभाव नहोस् भनेर ब्लड अन रिकोएस्ट इन नुवाकोटले बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

ब्लड अन रिकोएस्ट इन नुवाकोटले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका थिए।

”रक्तदान जिवनदान ” भन्ने उदेश्यका साथ संस्था ब्लड अन रिकोएस्ट इन नुवाकोटको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त सन्चार केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

नुवाकोटका कोभिड संक्रमण भई निको भई १४ दिन पुरा गरी ९० दिन नकटेका ईच्छुक व्यक्तिहरुले उक्त रकतदान कार्यमा सहभागि भएका ११ जना र अन्य १२ जना गरि २२ जनाको सहभागिता रहेको ब्लड अन रिकोएस्ट इन नुवाकोटका संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्