• ४ चैत्र २०८१, मंगलवार

किस्पाङ गाउँपालिकामा ४२ जना कोरोना संक्रमित थपिए

नुवाकोट, १४ जेठ । नुवाकोटको किस्पाङ गाउँपालिकामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाको विभिन्न स्थानमा गरिएको ६० जनाको पिसिआर परिक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।गाउँपालिकाको मनकमना स्थित मनकामना स्वास्थ्य चौकीमा ३५ जनाको पिसिआर परिक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष छत्र लामाले जानकारी दिए ।
यस्तै अर्चलेस्थित त्रिभुवन माविमा २५ जनाको पिसिआर परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको लामाले बताए ।यससँगै किस्पाङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या २ सय २६ पुगेको छ ।हालसम्म गाउँपालिकामा ५ सय ६० जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।





प्रतिक्रिया दिनुहोस्