• ३ श्रावण २०८२, शुक्रबार

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न सभापति देउवाको माग

काठमाडौं, १४ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा सभापति देउवाले घटनाको बारेमा निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन्।

‘भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो, यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात खटेका छन्,देउवाले लेखेका छन । स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दछु।
बिहीबार बेलुका कोरोना संक्रमित बिरामीको मृत्युपछि उनका आफन्तले डाक्टर र नर्समाथि कुटपिट गर्दै अस्पताल तोडफोड गरेका थिए।





प्रतिक्रिया दिनुहोस्