
बागमती प्रेस, १५ जेष्ठ कोरोना संक्रमणबाट नुवाकोटमा एक शिक्षिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्यागङ गाउँपालिका वडा नम्बर ३ देउराली माविकी शिक्षिका पत्नुकुमारी थोकर रहेको बताइएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि केही दिन पहिले त्रिशुली अस्पतालमा भर्ना भएकी उनको आज अस्पतालमा मृत्यु भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।