• २६ माघ २०८२, आईतवार

उपसभामुख तामाङ्गद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त

बाग्मती, १५ जेठ । बाग्मती प्रदेश उपसभामुख राधिका तामाङले १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छिन । १४ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उपसभामुख तामाङ्गले महान सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गरेकी छिन् ।

शनिबार उपसभामुख राधिका तामाङ्गले व्यक्त गर्नुभएको शुभकामना:-

नेपाली जनताको ठूलो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्र दिवशको उपलक्ष्यमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजूभाई तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु । यो परिवर्तन संभव तुल्याउन बलिदान गर्नुहुने महान सहितहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा वेपत्ता योद्धाहरुलाई सम्मान प्रकट गर्दछु ।

तसर्थ, आजकै दिनबाट हामी सबैले संकल्प गरौं – राजनीति राष्ट्र र जनताको सेवाका लागि हो ।यसलाई व्यवहारमा लागु गर्न १४ औं गणतन्त्र दिवशले सबैमा प्रेरणा मिलोस्, शुभकामना ।
१५ जेठ, २०७८
राधिका तामाङ
उपसभामुख, बागमती प्रदेश





प्रतिक्रिया दिनुहोस्