• २२ भाद्र २०८१, शनिबार

बजेट चुनावी घोषणा–पत्र मात्र : पूर्व अर्थमन्त्री डा. रामशरण महत

काठमाडौं, १६ जेठ । सरकारले शनिबार अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८र२०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । गत वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ थियो ।
चालूतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड,वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेशरस्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ रहेको अर्थमन्त्री विष्णु पौडेलले बताए ।सरकारले अधिकार क्षेत्र नाघेर चुनावमुखी बजेट ल्याएको पूर्वअर्थमन्त्रीहरुले टिप्पणी गरेका छन् । कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले कामचलाउ सरकारले आउने असारसम्मका लागिमात्रै बजेट ल्याउनुपर्नेमा पूर्ण आकारको बजेट ल्याएको भन्दै असन्तुष्टि जनाउनुभएको छ। उहाँले सबै क्षेत्र र वर्गका मानिसलाई खुसी पार्ने र आफूले राजनीतिक फाइदा लिने उद्देश्यबाट पूर्ण आकारको बजेट ल्याइएको पनि बताएका छन् ।पूर्वअर्थमन्त्री महतले बजेट तुरुन्त कार्यान्वयन हुनेमा शंका व्यक्त गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्