नुवाकोट, १७ जेठ । नेपाली काँग्रेस नुवाकोटले २२ बेडको अक्सिजन सहितको आइसोलेसन केन्द्र सन्चालनमा ल्याएको छ । सोमबार विज्ञप्ति निकाल्दै नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले नेपाली काँग्रेस नुवाकोटले अक्सिजन सहितको आइसोलेसन केन्द्र सन्चालनमा ल्याएको जनाएका छन् । नुवाकोटको सदरमुकाम विदुरमा रहेको जिल्ला पार्टी कार्यालयमा आइसोलेसन सन्चालनमा ल्याइएको हो । नेपाली काँग्रेस नुवाकोटले थप १४ वटा अक्सिजन कन्सनटेटर चिनबाट झिकाउने र कोभिड वार्ड सन्चालनमा ल्याउने बताएको छ ।