नुवाकोट, २० जेठ । नुवाकोटमा कोरोना संक्रमण दिनप्रतिदिन तिव्र रुपमा फैलिँदै गइरहेको अवस्थामा जारी भएको निषेधाज्ञा फितलो बन्दै गएको महसुस गरिएको छ । नुवाकोटबाट काठमाडौं प्रवेश गर्ने छहरे टोखा सडकखण्डमा निषेधाज्ञाको कुनै प्रभाव देखिएको छैन । राजनैतिक आडमा पार्टी र प्रशासनको आडमा नुवाकोटमा निषेधाज्ञा नाम मात्रैको निषेधाज्ञा भएको हो ।
उक्त सडकखण्डमा अत्यावश्यक बाहेकका अनावश्यक सवारीसाधनहरु पनि गुडिरहेका छन् । नुवाकोटमा निषेधाज्ञा जतिसुकै कडाइ गर्न खोजेपनि जनताले नबुझेको प्रमुख जिल्ला अधिकारी जिवन प्रसाद दुलालले बताए ।
नुवाकोटमा निषेधाज्ञा किन फितलो भएको भन्ने प्रस्नमा सिडियो दुलालले रमाइलो तरिकाबाट जनतामा गुनासो गर्दै भने : “निषेधाज्ञा उल्लंघन गर्नेलाई कोरोनाले कारबाही गर्छ । “
नुवाकोटमा निषेधाज्ञा फितलो हुनुमा स्थानिय प्रहरी प्रशासनले ध्यान नदिएको जानकारहरु बताउँछन् । नुवाकोटमा निषेधाज्ञा जारी भएपनि त्यस्को प्रभावकारी कार्यान्वयन नभएको भन्दै सिडियो दुलालको चौतर्फी आलोचना भइरहेको छ ।