
नुवाकोट, २० जेठ । नेपाली काँग्रेस नुवाकोटका ककनी गाउँपालिका सभापति राजन न्यौपानेले गाउँपालिकाको सिस्डोल स्वस्थ्य चौकीलाई स्वस्थ्य सामग्रीहरु प्रदान गरेका छन् ।
विश्वव्यापी रूपमा फैलिरहेको कोरोनालप दोस्रो लहरको नयाँ भेरियन्टले नुवाकोटमा पनि प्रत्यक्ष प्रभाव पारेको छ । काठमाडौंबाट १८ किलोमिटरको दुरीमा रहेको नुवाकोटको ककनी गाउँपालिका स्थित वडा नं २ को सिस्डोल क्षेत्रमा काठमाडौं महानगरपालिका लगायतका १८ वटा नगरपालिकाले अस्तव्यस्त रुपमा फोहोर फालेर संक्रमण दर अझै भयावह हुन सक्ने भन्दै स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरेको नेपाली काँग्रेस ककनी गाउँपालिका सभापति न्यौपानेले बताए ।
न्यौपानेको पहलमा बोधिसत्व विहार तथा एन्जिलिना शिवशक्ति ट्रस्टबाट कोराना भाइरसबाट बाँचौँ र बचाऔँ भन्ने उद्देश्यले ६ लाख बराबरको अक्सिजन कन्सनटेटर लगायतका विभिन्न स्वास्थ्य सामाग्रीहरू सिस्डोल स्वास्थ्य चौकी प्रमुख परसुराम अर्याल र रेखा श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
उक्त स्वस्थ्य सामग्री वितरण कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभापति एवम् समाजसेवी अर्जुन प्रसाद न्यौपाने, नेपाल तरुण दल नुवाकोट उपाध्यक्ष रामकुमार घिमिरे, जनप्रतिनिधि ठाकुर घिमिरे, रामेश्वर घिमिरे, गोबिन्द घिमिरे, विश्वनाथ बजगांई, देवराज लामिछाने, सिसडोल प्रहरी चौकीका सुरक्षाकर्मी रोयल यूथ क्लब लगाएको उपस्थित रहेको थियो ।

