• २२ भाद्र २०८१, शनिबार

नुवाकोटको ककनी गाउँपालिकाले मृतक संक्रमितको परिवारलाई किरिया खर्च दिने

नुवाकोट, २० जेठ । नुवाकोटको ककनी गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चवापत २५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यस्तै कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई स्थानीय सरकारका तर्फबाट किरिया खर्चवापत २५ हजार दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए ।

उनका अनुसार समुदायमा कोरोना सङ्क्रमण फैलिसकेको पुष्टि भएको तर, शंकास्पद लक्षण भएका तथा संक्रमित व्यक्तिको सम्पर्कमा जोडिएका व्यक्तिलाई परीक्षणका लागि गरिएको आह्वानमा उदासीनता देखाएका कारण परीक्षण गराउनका लागि प्रोत्साहन जगाउन सङ्क्रमित पुष्टि भएकालाई ५ हजार दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष लामाले बताए ।

उक्त खर्चका लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषको रकम परिचालन गरिने र अपुग भएमा आन्तरिक स्रोत परिचालन गरिने गाउँपालिकाले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्