• ३ चैत्र २०८१, सोमबार

रसुवाको कालिका गाउँपालिका वडा नं ५ र २ जोड्ने धोबिखोलाको झोलुङ्गेपुल बनाएको २३ महिना नपुग्दै जिर्ण

रसुवा,‌२० जेठ । रसुवाको कालिका गाउँपालिका वडा नं ५ र २ लाई जोड्ने झोलुङ्गेपुल निर्माण सम्पन्न भएको २३ महिना नपुग्दै जिर्ण अवस्थामा परिणत भएको छ ।

२०७६ असार २० गते सम्पन्न भएको उक्त झोलुङ्गेपुल अहिले जिर्ण अवस्थामा रहेको छ । उक्त झोलुङ्गेपुलबाट कालिका गाउँपालिका वडा नं ४,५ र नौकुण्ड गाउँपालिकाका सयौँ स्थानीय बासिन्दा लाभान्वीत भएका थिए ।बर्षाको समयमा बाटोमा पहिरो जाने र आवतजावत नै गर्न नसक्ने कठिनाइ भएपनि पुल निर्माण भएसँगै मनिसहरुले रगत महसुस गरेका थिए ।

हाल पुलको संरक्षण हुन नसक्दा जिर्ण अबस्थामा परिणत भएको हो।हाल पुल जिर्ण हुँदै गएपछि बर्खाको समयमा उक्त झोलुङ्गेपुलबाट बिरामी ओसारपसार तथा दैनिक उपभोग बस्तु को सहज रुपमा ओसारपसार गर्न कठिनाइ हुने गरेको स्थानीय बताउँछन् ।





प्रतिक्रिया दिनुहोस्