नुवाकोट, २१ जेठ । कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमण नुवाकोटमा तिव्र रुपमा फैलिरहेको अवस्थामा किस्पाङ गाउँपालिकामा पनि कोरोनाको संक्रमण समुदाय स्तरमानै फैलिन थालेपछि गाउँपालिका जनप्रतिनिधिहरु औषधी र स्वास्थ्यकर्मीसहितको टोली लिएर सङ्क्रमितको घरघरमा पुगेका छन् ।
किस्पाङ गाउँपालिकामा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको टोली सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सल्लाह र औषधि दिनका लागि घरगाउँमै पुगेको गाउँपालिकाका अध्यक्ष छत्र लामाले जानकारी दिए ।
हाल गाउँपालिकामा नै कोरोनाभाईरसको एन्टिजेन परीक्षण भइरहेको र औषधि र स्वास्थ्यकर्मीको टोली लिएर गाउँपालिकाका जनप्रतिनिधिहरज जनताको घरदैलोमा नै पुगिरहेका छन् ।
किस्पाङ गाउँपालिकामा हाल पुरुष ५१ र महिला ३८ जना गरी कुल ८९ जना होम आईसोलेसनमा रहेका छन् । हालसम्म गाउँपालिकामा ६५१ जनाको परीक्षण गरिएकोमा पुरुष १८५ र महिला ८३ गरि २६८ जना सङ्क्रमित भएका छन्