• २८ फाल्गुन २०८२, बिहीबार

किस्पाङ गाउँपालिकामा खाध्यान्न र अत्यावश्यक सामग्री लिएर विपन्नको घर घरमा पुग्दै समृद्ध किस्पाङ टिम

किस्पाङ, २२ जेठ । किस्पाङ गाउँपालिकाका सक्रिय र समाजसेवी युवाहरुको समुह समृद्ध किस्पाङ टिमले गाउँपालिकाका वृद्धवृद्वा जेष्ठनागरिक (हेरचाह गर्ने कोही नभएको ), शारिरिक रुपमा फरक क्षमता भयका, बाबा आमा नभएका टुहुरा, अशक्त, बालवालिका, वास्तविक विपन्न काम गरेर खाने ठाउँ नभयको जग्गा जमिन नभएको, बिरामी परिवारलाई खाध्यान्न सहयोग गरेको छ।

पछिल्लो समय देशव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को महामारीले गाउँपालिकाका ज्याला मजदुरी गरेर , दिनभरि कमाएर दुई छाक टार्नुपर्ने, निम्न आर्थिक अवस्था भएका घरपरिवारलाई खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीहरु र दिर्घकालिन रोगका औषधिहरु वितरण गरेको समृद्ध किस्पाङ टिमको नेतृत्व गरिरहनुभएका सन्तोष ढुंगेलले जानकारी दिए ।

समृद्ध किस्पाङ टिमले विभिन्न सामाजिक संस्था तथा व्यक्तिहरुसँग आर्थिक सहयोगको अपिल गरेर संकलन भएको रकमबाट खाध्यान्न सहयोग गरिरहेको छ । हाल सम्म सन्तोष ढुंगेलको सानीआमा बैंकमा रहेको खातामा ६० हजार रकम जम्मा भइसकेको र सहयोग रकमहरु आउनेक्रम जारी रहेको ढुंगेलले बताए ।

हाल समृद्ध किस्पाङ टिमले वडा नं २ र ३ को अम्बटे, डिगाउँ, पन्च्लिङे, काउले लगायतका क्षेत्रमा गरि १७ घर परिवारलाई खाध्यान्न सामग्री वितरण गरिएको भएपनि किस्पाङ गाउँपालिका भरि नै विपन्न परिवार हेरेर खाद्यान्न वितरण गर्ने लक्ष्यरहेको समृद्ध किस्पाङ टिमले जानकारी दिएको छ । समृद्ध किस्पाङ टिममा नविन भट्ट, अष्ट डिम्डुङ, जयराम फुयाल, प्रनिष न्यौपाने लगायतका युवाहरु सक्रिय रुपमा खटेकोले सहयोगको काम गर्न थप हौसला मिलेको टिमको नेतृत्व गरिरहनुभएका सन्तोष ढुंगेल बताउँछन् ।

यस महामारीको विषम परिस्थितिमा समृद्ध किस्पाङ टिम मार्फत विपन्न परिवारलाई सहयोग गर्न चाहनुहुनेले सन्तोष ढुंगेलको नाम रहेको सानिमा बैंकको खाता नं.059011080000208 तथा ई सेवा मार्फत सहयोग गर्न चाहनुहुनेले E- Sewa ID : +977-9840183484 Santosh Dhungel मा रकम जम्मा गर्न सकिने समृद्ध किस्पाङ टिमले बताएको छ ।





प्रतिक्रिया दिनुहोस्