काठमाडौंको न्युरोड पिपलबोटबाट १३ लाख ४३ हजार नगद सहित १५ जुवाडे पक्राउ
बागमती प्रेस
२२ जेष्ठ २०७८, शनिबार
काठमाडौंको न्युरोड पिपलबोटबाट १३ लाख ४३ हजार नगद सहित १५ जुवाडे पक्राउ
काठमाडौं, २२ जेठ । काठमाडौंको न्युरोड पिपल बाेटबाट प्रहरीले १५ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा खालबाट १३ लाख ४३ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले बताए ।
पक्राउ पर्नेमा नरदेवी घर भएका पञ्चनारायण महर्जन र सितापाईला घर भएका कुमार लामिछानेसहित १५ जना छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा राखेर थप अनुसन्धान भैरहेको सिंहले बताए ।
प्रहरीले अवैध गतिविधिका साथै कानुनले बन्देज गरेका कार्यमा संलग्नहरुकाे अप्रेसन व्यापक गरेको छ ।निषेधाज्ञाकाे समयमा गाेप्य काेठामा बसेर यस्ता अवैध धन्दा बढेकाले प्रहरीले गाेप्य रुपमा यस्ता क्रियाकलापकाे निग्रानी बढाएको हाे ।