• २६ बैशाख २०८२, शुक्रबार

ब्लड अन रिक्वेस्ट इन नुवाकोटको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न

नुवाकोट,२२ जेठ । नुवाकोटमा ब्लड अन रिक्वेस्ट इन नुवाकोटको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड अन रिक्वेस्ट इन नुवाकोटको आयोजना तथा दाह्री ग्याङ नुवाकोट र विदुरनगरपालिका वडा नं ७ तुप्चेमा रहेको श्री जन जागृती युवा क्लवको सह-आयोजनामा नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र कलोनीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

पछिल्लो समय देशभर रगतको चरम अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको ब्लड अन रिक्वेस्ट इन नुवाकोटका संयोजक मच्छिन्द्र नरसिंह प्याकुरेलले जानकारी दिए ।

आज भएको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको र सबै रक्तदाताहरुलाई प्रसंशा पत्र सहित सम्मान गरिएको थियो । ब्लड अन रिक्वेस्ट इन नुवाकोटले गत साता पनि प्लाज्मा र रक्तदान गरि संकलित रगत नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र भक्तपुर पठाएको थियो।

शनिबारको रक्तदान कार्यक्रमबाट संकलित रगत पनि भक्तपुर नै पठाउने ब्लड अन रिक्वेस्ट इन नुवाकोटका सदस्य शुसिल अधिकारीले बताए ।विभिन्न सामाजिक कार्यमा क्रियाशिल यस संस्थावाट कोभिड १९ महामारीमा परेका वृद्व ,अशक्त ,फरक क्षमता भएका नागरिक ,एकल महिला , अभिभावक गुमाएका बालबालिका लागायत सुकुम्बासी ,भुमिहिन नागरिकलाई खाध्यान्नको अभाव नहोस् भनी विभिन्न स्थानमा राहत सहयोग पनि भईरहेको र आगामी दिनमा पनि राहत ,रगत ,अक्सिजन लगायतको सहज व्यवस्थापन गर्न आफुहरु लागी परिरहने ब्लड अन रिक्वेस्ट इन नुवाकोटका संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्