• २३ पुष २०८१, मंगलवार

ज्वए फाउन्डेसन नेपालद्वारा नुवाकोटको लिखु गाउँपालिकालाई १० थान डिजिटल अक्सिजन कन्सनटेटर प्रदान

नुवाकोट, २२ जेठ । ज्वए फाउन्डेसन नेपालले नुवाकोटको लिखु गाउँपालिकालाई १० थान डिजिटल अक्सिजन कन्सनटेटर प्रदान गरेको छ।

उक्त फाउन्डेसनले लिखु गाउँपालिकालाई करिब २२ लाख बराबरको ९ लिटर क्षमताको १० थान डिजिटल अक्सिजन कन्सनटेटर मेसिन प्रदान गरेको बताइएको छ। शनिबार एक कार्यक्रमका बीच फाउन्डेसनका अध्यक्ष राजु श्रेष्ठले गाउँपालिकालाई उक्त सामग्रीहरु वितरण गर्नुभएको हो ।

आफ्नो जन्मथलो प्रती उत्तरदायी हुँदै लिखु र आसपासका नागरिकहरु लाई कोरोना महामारीबाट बचाउने उदेश्यले सहयोग गर्नु भएकोमा राजु श्रेष्ठ र फाउन्डेसन गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले धन्यवाद व्यक्त गरेका छन् । फाउन्डेसनले विगतका दिनमामा पनि नुवाकोटमा मानवीय तथा सामाजिक सेवामा उल्लेखनीय योगदान गर्दै आइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्