• २९ माघ २०८१, मंगलवार

आर्थिक अनियमिता र व्यवसायीसँग पैसा लिएको आरोपमा स्रोहखुट्टेका डिएसपी खड्कालाई कारबाही

काठमाडौं, २३ जेठ । काठमाडौं महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक खड्का कारबाहीमा परेका छन्।आर्थिक अनियमितता गरेको अभियोगमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले खड्कालाई कारबाही गरेको हो ।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं, टेकु तानिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले बताएका छन् ।कमजोर कार्यशैली र आर्थिक प्रलोभनमा परेर काम गरेको पाइएपछि डिएसपी खड्कालाई कारबाही गरिएको हो। उनीमाथि ठमेलका बार, नाइट क्लबका व्यापारीहरूसँग पैसा लिने गरेको आरोप छ।

पटक-पटक गुनासो आएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले अनुगमन गरेर कारबाही गरेको हो। अहिले उनीमाथि अनुसन्धान भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्