उपप्रधानमन्त्री महतोको अभिव्यक्ति संविधान विरोधी भएको भन्दै नुवाकोटमा पुत्ला जलाइयो
बागमती प्रेस
२३ जेष्ठ २०७८, आईतवार
नुवाकोट,२३ जेठ । उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति संविधान विरोधी भएको भन्दै आइतबार नुवाकोटमा महतोको पुत्ला जलाइएको छ । विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनले नुवाकोटमा महतोको विरोध गर्दै पुत्ला दहन गरेका हुन्।