• २ फाल्गुन २०८१, शुक्रबार

नागार्जुन नगरप्रमुख बस्नेतद्वारा प्रधानमन्त्री समक्ष मेलम्ची खानेपानी उपलब्ध गराउन माग

नागार्जुन,२४ जेठ । नागार्जुन नगरपालिकाले मेलम्चीको खानेपानी उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरेका छन् ।

आइतबार नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत, वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकी, प्रशासन तथा योजना‌ उपशाखा प्रमुख नारायण प्रसाद तिमिल्सिना सहितको टोलिले प्रधानमन्त्री के पि शर्मा समक्ष नगरबासीहरुलाई कोभिड- १९ को खोपको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

त्यस्तै नगरपालिकाले नगर क्षेत्र भित्र खानेपानिको अभाव भएको कारण मेलम्चीको खानेपानी उपलब्ध गराउने व्यवस्थाको लागि समेत नगरपालिकाले माग पेश गरेको हो । आफ्नो नगरको समस्या र माग भएको विषयहरुको प्रधानमन्त्रीबाट यथासिघ्र संम्बोधन हुनेमा आफू विश्वस्त रहेको नगरप्रमुख मोहन बहादुर बस्नेतले बताए ।





प्रतिक्रिया दिनुहोस्