• १० बैशाख २०८२, बुधबार

पूर्व संसद हितबहादुर तामाङ र बाग्मती प्रदेश उपसभामुख राधिका तामाङद्वारा त्रिशुली र खरानिटार अस्पतालमा अक्सिजन सहितको सिलिन्डर र स्वास्थ्य सामाग्री प्रदान

नुवाकोट,२४ जेठ । विघटित प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्रका केन्द्रीय नेता हितबहादुर तामाङ र वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङको संयुक्त पहलमा नुवाकोटको त्रिशुली अस्पताल र तादी गाउँपालिका, खरानीटारस्थित क्षेत्रीय अस्पतालमा अक्सिजन सहितको सिलिन्डर र स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

त्रिशूली अस्पतालमा १० थान अक्सिजन सिलिन्डर र खरानीटार क्षेत्रीय अस्पतालका लागि ८ थान अक्सिजन सिलिन्डर, पीपीई एक सय थान, सर्जिकल मास्क २५ सय वटा, N–95 मास्क एक सय थान, फेस सिल्ड एकसय थान उपलब्ध गराइएको हो ।

उपसभामुख राधिका तामाङको आग्रहमा आठ थान खाली सिलिण्डरसहित केही स्वास्थ्य सामग्री प्रदेश सामाजिक विकास मन्त्रालयबाट र बाँकी स्वास्थ्य सामाग्रीहरु व्यक्तिगत रुपमा संकलन गरी अस्पताललाई प्रदान गरिएको हो ।
अक्सिमिटरसहित स्वास्थ्य सामग्रीहरु स्थानीय तहका आइसोलेसनहरुमा पनि छिट्टै उपलब्ध गराउने तयारी रहेको उपसभामुख तामाङका स्वकीय सचिव एलिसा थापाले चिठी खबरलाइ जानकारी गराइन् ।





प्रतिक्रिया दिनुहोस्