• ९ माघ २०८१, बुधबार

नुवाकोटमा फेरि एकसाताका लागि निषेधाज्ञा जारी

नुवाकोट,२४ जेठ । नुवाकोटमा थप एकसाता निषेधाज्ञा जारी गरिएको छ ।
जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो ।
जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले यसअघि जारी गरेको निषेधाज्ञाको समय बुधवार राति १२ बजेबाट सकिँदै थियो । डिसिसिएमसीको आज बसेको बैठकले यही असार १ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।





प्रतिक्रिया दिनुहोस्