नुवाकोट, २५ जेठ । नेपाली काँग्रेस म्यागङ – काठमाडौं सम्पर्क समितिले म्यागङ गाउँपालिका भित्रका सम्पुर्ण स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । सम्पर्क समितिका युवाहरुले कोरोना विरुद्ध हाम्रो लडाईं भन्ने उद्देश्यका साथ गाउँपालिकाका सबै स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।
साथै सम्पर्क समितिले गाउँपालिकामा पर्ने ३ वटा प्रहरी चौकीलाई पनि ५ लिटर स्यानिटाईजर र २५० वटा माक्स वितरण गरेको नेपाली काँग्रेस म्यागङ-काठमाडौं सम्पर्क समितिले जनाएको छ ।