
नुवाकोट, २६ जेठ । द साल्भेशन मिसन नेपालले नुवाकोटको किस्पाङ गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । पछिल्लो समय देशव्यापी रूपमा फैलिरहेको दोस्रो लहरको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमण नुवाकोटको किस्पाङ गाउँपालिकामा पनि तिव्र रुपमा फैलिरहेकोले संक्रमणको नियन्त्रण र उपचारमा आवश्यक स्वास्थ्य सामाग्रीहरु उक्त संस्थाले गाउँपालिकालाई प्रदान गरेको हो ।
यसरी प्राप्त भएका स्वास्थ्य सामग्रीहरुले संक्रमण नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने गाउँपालिका अध्यक्ष छत्र बहादुर लामाले जानकारी दिए ।