
नुवाकोट, २६ जेठ । शिवपुरी गाउँपालिकालाई कोरोना रोकथाम र नियन्त्रणका लागि विभिन्न संघ संस्था र व्यक्तिले स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।
गाउँपालिकाले शिवपुरी आधारभूत अस्पतालमा २० बेडको आइसोलेशन निर्माण गरि कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । उक्त आइसोलेनमा आवश्यक स्वास्थ्य सामाग्री विभिन्न संघ संस्था र व्यक्तिले राहत स्वरुप प्रदान गरेका हुन् ।गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले गाउँपालिकालाई विभिन्न संघ संस्थाले स्वास्थ्य सामाग्री प्रदान गरेको जानकारी दिनुभयो ।
स्वास्थ्य सामाग्री प्रदान गर्नेमा विनोद तामाङले २ सिलिण्डर अक्सिजन, सञ्जिव गुरुङले ९३ हजार बराबरको आवश्यक औषधी, डब्लुपीडी संस्थाबाट राजुबाबु पाण्डेले एन्टिजिन किड १०० थान, सेनिटाइजर स्प्रे २४ लिटर, सेन्टिाइजर ५०० एमल २० थान, के एन ९५ माक्स ३०० थान, टप ग्लोब्स एक हजार थान प्राप्त भएको छ ।
त्यस्तै बुद्ध एभरेष्ट फाउन्डेशको तर्फबाट पुरूषोत्तम अधिकारीमार्फत माक्स ७००, स्यानिटाइजर ५ लिटर, के एन ९५ माक्स ५० थान, फल्स अक्सिमिटर एक पीस, पीपीइ तीन सेट, माउन्टेड हर्ट संस्थाबाट अक्सिजन कन्सल्टेर ५ थान, भोल्र्ट कन्ट्रोल ५ थान, अमेरिका नुवाकोट सम्पर्क समितिबाट नगद सहयोग ५० हजार रुपियाँ, राजन अधिकारी २५ हजार नगद सहयोग र सुरेन्द्र थापाबाट २५ हजार रुपियाँ बराबरको खाद्यान्न सहयोग, दुप्चेश्वर काठमाडौं सम्पर्क मञ्चबाट पीपीइ ३ सेट, स्यानिटाइजर ५ लिटर, थर्मल गन र नेबुलाइजर मेसिएन एक/ एक थान, सर्किल माक्स ५०० पीस सहयोग प्राप्त भएको छ ।
गाउँपालिकाले सञ्चालन गरेको आइसोलेशनमा मेडिकल अधिकृतसहित ५ जना स्टाप नर्स, दुई जना हेल्थ असिस्टेन्ड एक जना ल्याब असिस्सटेन्ड खटाइ अक्सिजन सहितको सेवा प्रदान गरिदै आएको छ । बोधि सत्व विहारद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरणशिवपुरी गाउँपालिकालाई विभिन्न संघ संस्थाले स्वास्थ्य सामाग्री प्रदान गर्ने क्रममा बोधि सत्वा विहार बुढानिलकण्ठ काठमाण्डौंले पनि विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना रोकथाम र नियन्त्रण कार्यमा सहयोग गर्ने उद्देश्यले बोधि सत्व विहारले गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
विहारद्वारा प्रदान गरिएको स्वास्थ्य सामाग्रीमा पीपी सेट ५०, के एन ९५ माक्स ५०, सर्जिकल माक्स २००, सर्जिकल ग्लोब्स ५०, टप ग्लोब्स २००, अक्सिजन कन्सल्टे«टर ३ वटा, फल्स अक्सिमिटर १, थर्मल गन १, फेस सेड ५० वटा, गोगल ५०, गोल्कोमिटर १, स्प्रेस क्यान, १, ह्रयान्ड वास, स्यानिटाइजर र फिनेल २०÷ २० लिटर र हार्पिक १० लिटर गाउँपालिकालाई प्रदान गरिएको छ ।