नुवाकोट, २७ जेठ । यशोदादेवी भगवानसिंह केसी ट्रस्टले नुवाकोटका विभिन्न गाउँपालिकाहरुलाई स्वास्थ्यसामग्री प्रदान गरेको छ ।
यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले नुवाकोटको म्यागङ, तारकेश्वर र किस्पाङ गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीहरुलाई कोरोना संक्रमणको नियन्त्रण र उपचारमा आवश्यक स्वास्थ्यसामग्रीहरु वितरण गरेको हो ।
विहिवार गाउँपालिकामा नै पुगेर म्यागङ गाउँपालिकाको वडा नं ३ को देउराली प्राथमिक स्वास्थ्य केन्द्रमा १० लिटरको ३ थान अक्सिजन कनसनट्रेटर , मास्क र स्यानीटाइजर लगायत विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको ट्रष्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले जानकारी दिए ।
त्यस्तै आज ट्रष्टले तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकामा पनि ३/३ थान अक्सिजन कन्सनट्रेटर, माक्स र स्यानीटाइजर लगायत विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको केसीले जानकारी दिए ।