• २२ भाद्र २०८१, शनिबार

नेपाली काँग्रेस ककनी सभापति न्यौपानेको पहलमा विभिन्न संघसंस्थाद्वारा स्वास्थ्य सामग्री वितरण

नुवाकोट, ३० जेठ । नेपाली काँग्रेस नुवाकोटको ककनी गाउँपालिका सभापति राजन न्यौपानेको विशेष पहलमा विभिन्न संघसंस्थाले स्वास्थ्य सामग्री वितरण गरेको छ ।

न्यौपानेको पहलमा बोधिसत्व बिहार र TZU CHI FOUNDATION ले गाउँपालिकाको वडा नं ३ढोकाभन्जयाङ स्थित चाउथे स्वास्थ्य चौकीलाई अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरेको हो । उक्त दुई वटा संस्थाले १० लिटर सेनिटाइजर, माक्स, २ थान अक्सिजन कन्सनट्रेटर लगायतका ६ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको बताइएको छ।

नुवाकोटमा पछिल्लो समय कोरोनाको संक्रमण तिव्र रुपमा फैलिरहेको र काठमाडौंबाट १८ किलोमिटरको दुरीमा रहेको ककनी गाउँपालिकामा संक्रमणको जोखिम बढी रहेकोले कोरोना संक्रमणको उपचार तथा नियन्त्रण तथा रोकथाममा केहि सहज होस भनेर गाउँपालिकाको स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गरिएको नेपाली काँग्रेस ककनी गाउँपालिका सभापति राजन न्यौपानेले बाग्मती प्रेसरलाई जानकारी दिए ।

गाउँपालिकाको वडा नं ३ को स्वास्थ्य चौकीमा गरिएको स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा अर्जुन प्रसाद न्यौपाने, नेपाली कांग्रेस वडा नं. ३ का वडा सभापति रमेश ढुगांना, ककनी वडा नं ३ का वडा अध्यक्षका प्रत्याशी सिताराम आचार्य, रामभक्त बस्नेत, विधार्थी नेता बिजय ढुगांना, प्रेमबहादुर ढुगांना, नेपाल तरुणदलका सिंहराज तामाङ, सुरक्षाकर्मी , रोयल यूथ क्लब लगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्