• ४ फाल्गुन २०८२, सोमबार

विश्व रक्तदाता दिवसको अवसरमा नुवाकोटका दुई स्थानमा रक्तदान सम्पन्न

रक्तदान गरौं ,संसारका धड्कनहरुलाई चलायनमान वनाओैं भन्ने मुल नाराका साथ विश्व रक्तदाता दिवस नुवाकोटको दुई स्थानमा रक्तदान कार्य पुरा गरी सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजना ,Blood On Request In Nuwakot को समन्वय , नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्रको प्राविधिक सहयोगमा
रक्तसन्चार केन्द्र भवन कलोनीमा भएको कार्यक्रममा ९ जना रक्तदाताले रक्तदान गर्नु भएको मानव अधिकार तथा शान्ति समाज नुवाकोटका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

उता सोहि अवसर पारेर किस्पाङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखाको आयोजना ,रक्तसन्चार केन्द्र कलोनीको प्राविधिक सहयोग, समृद्व किस्पाङ र नुवाकोट जिल्ला भरका रक्तदाताहरुको छाता संस्था Blood on Request in Nuwakot को समन्वयमा भएको वृहत रक्तदान कार्यमा ३४ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो ।
संकलित रगत नुवाकोट जिल्लामा केहि राखेर वाँकि रक्तसन्चार केन्द्र भक्तपुर पठाईने नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र कलोनीका प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो समय नुवाकोट जिल्लामा Blood on Request in Nuwakot वाट रगत व्यवस्थापन सहज भएकोले रक्तदान कार्यमा आम युवा पुस्ताको आकर्षण वढोत्तरी भएको छ । रगत दिने र रगत चाहिने वर्गको पुलको रुपमा परिचित Blood on Request in Nuwakot को आयोजना जेठ महिनाका यस पहिले दुई पटक रक्तदान / प्लाज्मादान क्याम्प भईसकेका छन् । नयाँ पुस्ता रक्तदानमा आकर्षित भईरहेको समयमा संस्थाको सम्पर्कमा हाल १२०० रक्तदाता रहेको र १ वर्षको अन्तरालमा २००० भन्दा वढी आकस्मिक रक्तदान कार्य नुवाकोट र काठमाडौंमा भएको Blood on Request in Nuwakot का संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्