• २२ भाद्र २०८१, शनिबार

राजनीति पछि पनि गर्न सकिन्छ, अहिले जनताको जीवन रक्षामा लागौँ : काँग्रेस नेता अर्जुननरसिंह केसी

काठमाडौं, १ असार । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउनुपर्ने बताएका छन् ।

सोमबार नुवाकोटमा आयोजिक एक कार्यक्रममा बोल्दै नेता केसीले सरकारले विकास र समृद्धिका ठुला कुरा नगरी यतिखेर नेपालीको जीवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति र सम्पति लगाउनुपर्ने बताएका हुन् ।

राजनीति पछि पनि गर्न सकिने भन्दै उनले पहिले जनताको जीवन बचाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले भने– ‘हामी सरकारलाई पनि भन्न चाहान्छौँ, अहिले तिमी ठुला–ठुला विकास, समृद्धिका सपना, झुठको खेती नगर । जम्मै भएभरको राष्ट्रिय शक्ति र सम्पतिको कोभिड महामारीबाट नेपाली जनतालाई मुक्ति बनाउनको निम्ति गर । पहिले नेपाली जनता बाँचुन्, पहिले नेपाली जनताको सुरक्षा गरौँ । राजनीति भोलि गरुँला । राजनीति पछि गर्न सकिन्छ । अहिले जनताको स्वास्थ्य नै केन्द्रबिन्दु हो भन्ने राष्ट्र, राजनीतिक दल र सरकार सबैले लिनुपर्छ ।’नेता केसीले अहिले सबै राजनीतिक दल र सरकारले जनताको स्वास्थ्यलाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताए ।





प्रतिक्रिया दिनुहोस्