
काठमाडौं, २ असार । नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुननरसिंह केसीले नेपालमा बर्खाको समयमा हुने बाढी र पहिरोको प्रकोपबाट बच्न सरकारले उच्च स्तरीय तयारी गर्नुपर्ने बताएका छन् ।
नेपाल बाढी र पहिरोको उच्च जोखिमको १६ औं स्थानमा रहेको र यो बर्ष बाढी पहिरोले नेपालमा भयावह स्थिती आउने प्रक्षेपण गरिएकोले केसीले सजक हुनुपर्ने बताए।
बुधबार दिउँसो ट्विटमा गर्दै काँग्रेस नेता केसीले अविरल वर्षाका कारण सिन्धुपाल्चोक, म्याग्दी, र मनाङ लगायतका देशका विभिन्न ठाउँमा भएको धनजनको क्षेति प्रति दुःख व्यक्त गरेका छन् ।
साथै केसी बाढी र पहिरोबाट हुने जोखिमको न्युनिकरण, राहत, उद्धार र पुनःस्थापनामा सरकारले युद्धस्तरिय तयारी गर्नुपर्ने बताएका छन् ।
